राष्ट्रपति रनिङ शिल्ड जित्ने बरुणेश्वर माध्यमिक विद्यालय रापुरका खेलाडीलाई विद्यालयले सम्मान गरेको छ । गत पौष २३ गतेबाट सुरु भएर बुधबार समापन भएको मोलुङ गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बरुणेश्वर मावि रामपुरले जितेको थियो । उपाधि विजेता खेलाडी विद्यार्थीलाई विद्यालयले सम्मान गरेको हो ।
बिहीबार एक कार्यक्रमका बिच प्रतियोगितामा सहभागि भएर स्वर्ण पदक जित्ने खेलाडीलाई नगद दुई हजार, कास्य पदक जित्नेलाई एक हजार पाँच सय र रजत पदक जित्नेलाई पाँच सय सहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद खतिवडाले बताए ।

विद्यालयले यो सहित लगातार तीन पटक राष्ट्रपति रनिङ शिल्ड जितेको छ । उत्कृष्ट शैक्षिक क्रियालाप गर्दै आएको विद्यालय परिरहेको विद्यालय छैठौँ पटक पनि काशी प्रदेशकै उत्कृष्ट हुन सफल भएको थियो ।
विद्यालयको शैक्षिक गुणस्तरलाई थप वृद्धि गर्न र विद्यार्थीको चौतर्फी क्षमता विकासका लागि थप प्रोत्साहित भएर लागि पर्ने प्रधानाध्यापक खतिवडाले बताएका छन् ।
प्रतिक्रिया