भीरबाट लडेर ओखलढुंगामा एक पुरुषको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका–७ निवासी ४५ बर्षीय दिपक राईको गाउँकै भिरबाट लडेर मृत्यु भएको हो ।
विगत ४ बर्ष देखि छोरे रोगबाट पीडित उनी आफ्नै घर वरपर हिड्डुल गर्ने क्रममा आज बिहीबार बिहान ११ : ३० बजे घर नजिकै रहेको भीरबाट लड्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले भिजनलाई जानकारी दिए । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
केही दिन अघि मानेभञ्ज्याङको मोलीमा १ पुरुषको भिरबाट लडेर ज्यान गएको थियो ।
प्रतिक्रिया