ओखलढुंगामा पहिलो पटक विश्व शान्ति पुजा हुने, ५ सयजनाले ८ दिन वज्रगुरु मन्त्रजप गर्ने

ओखलढुंगामा पहिलो पटक विश्व शान्ति पुजा हुने, ५ सयजनाले ८ दिन वज्रगुरु मन्त्रजप गर्ने


भिजन समाचार
29.9k
Shares

ओखलढुंगामा पहिलो पटक वज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजा आयोजना गरिने भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिका ४ स्थित नाम्ड्रोल थर्पालिङ गोन्पा चर्नालुमा यहि फाल्गुण २७ गतेदेखि चैत्र ४ गतेसम्म वज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजा गरिने भएको हो ।

चर्नालु गुम्बाका प्रमुख लामा ङवाङ थोचेनको समन्वयमा ८ दिनसम्म सञ्चालन हुने विश्व शान्ति पुजामा करिब ५ सय लामा, भक्तजन र अनुयायीहरुले मन्त्रजप गर्नेछन् ।

विश्वभर बढ्दै गएको हत्या, हिंसा, कुरिति र बिसंगतीको अन्त्यका लागि धार्मिक मान्यता अनुसार कलियुगको सहाराका रुपमा मानिने गुरु पद्यशम्भावको जप गर्दा विश्व शान्तिको सन्देश प्रवाह हुने नाम्ड्रोल थर्पालिङ गोन्पा चर्नालुका प्रमुख लामा ङवाङ थोचेनले बताए ।  शान्ति, सद्भाव कायम हुने धार्मीक सचेतना बढ्ने र यसक्षेत्रको पर्यटन विकाससँगै रोजगारी र व्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको भनाई छ ।

जिल्लामा पहिलो पटक हुन लागेको ऐतिहासिक वज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजालाई सफल बनाउन आफ्नो ठाउँबाट ऐक्यवद्धता जनाउन र कार्यक्रममा सहभागिता जनाएर धर्ममा चित्तलगाई पुन्य कमाउन लामा थोचेनले सबैमा अपिल गरेका छन् ।

नाम्ड्रोल थरपालिङ गोन्पा चर्नालु र हिमालयन शेर्पा बौद्ध सांस्कृतिक समाजको संयुक्त आयोजनामा हुने बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजामा टुल्कु ङवाङ थार्छिन रिन्पोछे लगायतका लामा गुरुहरुले पाठ गर्ने कार्यक्रम छ ।