ट्याक्टरले ठक्कर दिदा ५२ वर्षिय राईकाे मृत्यु

ट्याक्टरले ठक्कर दिदा ५२ वर्षिय राईकाे मृत्यु


भिजन समाचार
0
Shares

ओखलढुंगामा ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । शनिबार साँझ सिद्धिचरण नगरपालिका–११ देउरालीकाे भित्री कच्ची सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको ना ५ त ८९२५ नम्बरको ट्याक्टरले ठक्कर दिदा पैदलयात्री मोलुङ गाउँपालिका–२ का ५२ बर्षीय गजेन्द्र राईको घटनास्थलमै मृत्यु भएकाे हाे । ट्याक्टर चालक मानेभन्ज्याङ गाउँपालिका–९ का–३२ बर्षीय खिर बहादुर मगरलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक बालिस्टार सिंहले बताए ।