व्यवसायी समजसेवी जलान्धर कार्की (कुमार) ले आफ्नो जन्मदिनको अवसरमा नवजीवन परोपकार समाजका जेष्ठ नागरिकलाई न्यानो कपडा, खाद्यन्न र नगद सहयोग गरेका छन् । कार्कीले परोपकार समाज काठमाण्डौमा बस्दै आएका बृद्धबृद्धालाई न्यानो कपडा, खाद्यन्न साथै नगद सहयोग गरेका हुन् ।
जाडो समयमा जेष्ठ नागरकलाई न्यानो होस् र औषधी उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले न्यानो लुगा एक–एक थान र जनहि एक–एक हजार रुपैयाँ प्रदान गरेको कार्कीले बताए । समाजसेवी कार्कीले नवजीवन परोपकार समाजलाई ५० हजार प्रदान गरेका छन् । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका कार्की काठमाण्डौं कलंकी बसेर व्यवसाय गर्छन् । कार्की राजनितिमा पनि सक्रिय छन् ।


प्रतिक्रिया