ओखलढुंगामा सशस्त्र प्रहरीका हबल्दारको भिरबाट लडेर मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल २२ नंं. गण हेडक्वाटर गुहेश्वरी, भक्तपुर दरबन्दी भई कार्यालयको कामले ओखलढुंगा जिल्लामा खटिएर आएका ३८ वर्षका फडिन्द्र बहादुर आलेमगरको भिरबाट लडेर मृत्यु भएको हो ।
जिल्ला ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वार्ड नं. –१ मोलीका मगर घर गएको समयमा घर नजिकैको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले भिजनलाई जानकारी दिए । उनका अनुसार मोलीको भाल्दर पाखाको भिरबाट करिब ५ सय मिटर तल लडेका मगरको घटनास्थलमा नै मृत्यू भएको हो ।
गएराती मगरको मृत्यु भएपनि आज बिहान मात्रै घटनाको स्थलगत मुचुल्कालगायतका कानूनी प्रकृया पुरागरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको जिल्ला प्रहरी कार्यालय ओखढुंगाले जनाएको छ ।
प्रतिक्रिया