लाक्पा शेर्पा उत्कृष्ट सीबीआर कर्मचारी घोषित

लाक्पा शेर्पा उत्कृष्ट सीबीआर कर्मचारी घोषित


भिजन समाचार
33.5k
Shares

मोलुङ गाउँपालिकाका लाक्पा शेर्पा सीबीआर कार्यक्रमको उत्कृष्ट कर्मचारी घोषित भएका छन् । ओखलढुंगा सामुदायिक अस्पताल अन्तरगत समुदायमा आधारित पुनः स्थापना (सिबिआर) कार्यक्रमका समाजिक परिचालक शेर्पा उत्कृष्ट कर्मचारी घोषित भएका हुन् । अस्पतालको ६२औं बार्षिक उत्सवको अवसरमा शेर्पालाई सम्मान गरिएको छ ।
मोलुङ गाउँपालिका वडा नम्बर ६ र ७ मा सामाजिक परिचालकको पदमा कार्यरत शेर्पाले लगनशील, मेहनती र ईमान्दार कार्य गरेकाले प्रशंसा पत्रले सम्मान गरिएको टिम लिडर राम बुढाथोकीले बताए । कार्य सम्पादनको आधारमा उत्कृष्ट बनेका शेर्पालाई अस्पतालका निर्देशक डा. रोशन खरेल र कर्मचारी युनियनका अध्यक्ष निरमाण कुमार दाहालले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका छन् ।