गत वर्षको तुलनामा ओखलढुङ्गामा १४ प्रतिशत धान उत्पादन बढेको छ । गत वर्ष १३ हजार २५३ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष १४ प्रतिशत बढी १५ हजार ४११ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका निमित्त कार्यालय प्रमुख हेमबहादुर आलेले बताए ।
यस वर्ष दुई हजार १५८ मेट्रिक टन बढी धान उत्पादन भएको आलेको भनाई छ । प्राकृतिक विपत्तिले कुनै क्षति नगरेको र समयमा पर्याप्त बर्षात भएका कारण धान उत्पादनमा वृद्धि भएको उनको भनाई छ ।
गत वर्ष जिल्लामा धानको उत्पादकत्व तीन ३.०१ रहेकोमा यस वर्ष बढेर ३.४ पुगेको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले जनाएको छ । जिल्लामा चार हजार ४०३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
प्रतिक्रिया