खिजीदेम्बाका २ हजार विद्यार्थीलाई ज्याकेट वितरण

खिजीदेम्बाका २ हजार विद्यार्थीलाई ज्याकेट वितरण


भिजन समाचार
12.7k
Shares

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका दुई हजार भन्दा बढी विद्यालर्थीलाई न्यानो ज्याकेट वितरण गरिएको छ । शोवर्स एक्सन नेपालको सहयोगमा गाउँपालिकाका सम्पुर्ण विद्यालयका कक्षा तीन देखी १२ सम्मका दुई हजार विद्यार्थीलाई ज्याकेट वितरण गरिएको हो ।

चिसो तथा जाडोको समयमा विद्यार्थीलाई नियमित पठन पाठनका लागि विद्यालय आउजाउ गर्न सहज हाेस् भन्ने उद्देश्यले ज्याकेट वितरण गरिएको शोवर्स एक्सन नेपालका प्रमुख आचार्य पासाङ वाङ्डुले बताए । दुई हजार पाँच सयका दरले ज्याकेट खरिद गरेर विद्यार्थीलाई हस्तान्तरण गरिएको वाङ्डुले जानकारी दिए ।

बाल कक्षा देखि तीन कक्षा सम्मका बालबालिकालाई पनि चाढै साईज मिल्ने ज्याकेटको व्यवस्था गरेर वितरण गर्ने योजना रहेको वाङ्डुकाे भनाई छ । यसका साथै यस संस्थाले देशको विभिन्न जिल्लाका विद्यार्थीलाई न्यानो कपडा साथै दिवा खाजाका लागि आर्थिक सहयोग गर्ने गरेको प्रमुख वाङ्डुले बताए ।

विद्यार्थीको आवश्यकता र गाउँपालिकाको मागको आधारमा विद्यार्थीलाई चिसो एवम् जाडो बाट जोगाउन न्यानो ज्याकेट उपलब्ध गराएकोमा सहयोगी संस्थालाई खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले धन्यवाद व्यक्त गरेका छन् । विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि आगामी दिनमा पनि थप सहयोगको अपेक्षा रहेको अध्यक्ष शेर्पाको भनाई छ । जाडोमा न्यानो ज्याकेट पाए पछि खिजीदेम्बाका विद्यार्थी र अविभावक खुसी भएका छन् ।