पात्लेका विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण

पात्लेका विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण


भिजन समाचार
4.6k
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिका–७ पात्लेका विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरिएको छ । पात्लेको जेसे माध्यामिक विद्यालय र जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरिएको हो ।
किवानिस क्लब काठमाण्डौ सनसाईनले विद्यार्थीलाई विद्यालय पोशाक साथै शैक्षिक सामाग्री वितरण गरेको छ । उक्त संस्थाले जेसे माविका बालकक्षा देखी १० सम्मका १५५ र जनकल्याणका २२ जना विद्यार्थीलाई विद्यालय पोशाक र विभिन्न शैक्षिक सामाग्री प्रदान गरेको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए ।
संस्थाका कोडिनेटर नम्रता गुरुङ र प्रतिनिधिहरुको टोलीले एक कार्यक्रमका बिच विद्यार्थीलाई विद्यालय पोशाक, झोला, शैक्षिक सामाग्री र खेल सामाग्रीहरु हस्तान्तरण गरेको वडा अध्यक्ष सुनुवारले जानकारी दिए ।