कुराले राष्ट्रबाद, कामले राष्ट्रघात गर्नेहरु देखी सचेत हुनुपर्छः मन्त्री किराती

कुराले राष्ट्रबाद, कामले राष्ट्रघात गर्नेहरु देखी सचेत हुनुपर्छः मन्त्री किराती


भिजन समाचार
742
Shares

सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रघात गर्नेहरु देखी सचेत हुनुपर्ने बताएका छन् । कुराले राष्ट्रवाद तर कामले राष्ट्रघात गर्नेहरु देखी सचेत हनुपर्ने उनको भनाई छ ।
ओखलढुंगाको लिखु गाउँपालिका–६ माटेवेशीको सिद्धेश्वर मन्दिरमा आयोजना गरिएको महोत्सवलाई सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन् । आफुले मन्त्रीमा नियुक्त हुँदा सदाचारका लागि चार कुरामा प्रतिवद्धता गरेको र ती प्रतिवद्धता पुरा गरिरहेको मन्त्री किरातीले दाबी गरेका छन् ।
“हेलिकेप्टर नचढ्ने, विदेश भ्रमणमा नजाने, परिवारवादको पछि नलाग्ने र खादा माला नलगाउने मईले प्रतिवद्धता गरेको थिए, पुरा गरिरहेको छु ।” मन्त्री किरातीले भने । आफु कुरा र काम दुवैले राष्ट्रवाद झल्किने गरि काम गर्न प्रतिवद्ध रहेको मन्त्री किरातीले बताए ।
धार्मिक पर्यटन प्रवद्र्धनका लागि लिखु गाउँपालिका–६ माटेवेशीको सिद्धेश्वर महादेव मन्दिरमा महोत्सवको आयोजना गरिएको वडा अध्यक्ष टिकाराम क्याप्छाकी मगरले जानकारी दिएका छन् ।