उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले कार्यालयमा रहेका दस्तावेजहरु ‘डिजिटलाइज’ गर्ने भएको छ । आगामी पुष मसान्त सम्म सम्पुर्ण दस्तावेजहरु ‘डिजिटलाइज’ गर्न धमाधम काम भईरहेको उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाका रजिष्ट्रार बिष्णु प्रसाद पाण्डेले बताए ।
पोकामा बाँधेर परम्परागत तरिकाले राखिएको मिसिलहरुलाई सुधार गरी वैज्ञानिक व्यवस्थापन प्रणालीलाई अवलम्बन गर्ने काम भइरहेको रजिष्ट्रार पाण्डेको भनाई छ । २०३५ साल यताका चार हजार दुई सय भन्दा बढी मिसिल स्क्यान गरेर कम्प्युटरमा राख्ने काम भईरहेको रजिष्ट्रार पाण्डेले जानकारी दिए ।
पोको पारेर मिसिल राख्दा आवश्यक परेको बेला खोज्न झण्झट हुने तथा दिर्घकालका लागि सुरक्षित राख्न समेत समस्या हुने भएकाले कम्प्युटरमा डिजीटलाइज गर्ने योजना बनाईएको उनको भनाई छ । यसका साथै सर्वोच्च अदालतले अनुमति दिएमा सेवाग्राहीले आफ्नो मुद्धा सम्बन्धीको मिसिल घरमै बसेर अनलाइन मार्फत हेर्न मिल्ने रजिष्ट्रार पाण्डेले बताए ।
प्रतिक्रिया