कोशी प्रदेश मुख्य मन्त्री र सांसदलाई पहिचान पक्षधरको चेतावनी

कोशी प्रदेश मुख्य मन्त्री र सांसदलाई पहिचान पक्षधरको चेतावनी


भिजन समाचार
1.3k
Shares

कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की र प्रदेश सांसदलाई ओखलढुंगा प्रवेश नगर्न चेतावनी दिएका छन् । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री कार्की, प्रदेश सांसद उद्धव थापा, प्रदीप सुनुवार लगायतलाई ओखलढुंगा नआउन चेतावनी दिएको हो ।
मंगलबार जिल्ला सदरमुकाममा हुने नेपाली काँग्रेसको वीपी स्मृति भवन (कार्यालय) र पार्टीको प्रथम सम्मेलन उद्घाटन कार्यक्रममा मुख्य मन्त्री कार्की सहित केही प्रदेश सांसद ओखलढुंगा आउदै छन् । प्रदेशको नाम राख्दा पहिचान विरोधी भुमिका खेलेको आरोपमा संघर्ष समितिले ८२ जना प्रदेश सांसद विश्रद्ध कडा विरोध संघर्षको कार्यक्रम गर्ने समितिले उद्घोष गरेको छ । भोली ओखलढुंगामा हुने कार्यक्रममा सहभागि नहुन नगराउन संघर्ष समितिले चेतावनी दिएको छ ।
संघर्ष समितिले सार्वजानिक गरेको विज्ञप्तीमा किरात याक्थुङ चुम्लुङ अध्यक्ष प्रेम येक्तेन, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष ग्याल्जे शेर्पा, पहिचान सहितको प्रदेश नं.१ पुनः नामाङ्कन अभियान समिति संयोजक डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई र नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले हस्ताक्षर रहेको छन् ।
विज्ञप्तीमा प्रदेशका मन्त्री, पुर्वमन्त्री तथा सांसदलाई सहभागि नहुन नगराउन आग्रह गरिएको छ । आग्रह अस्वीकार गर्दै जबरजस्ती भए प्रतिरोध तथा विरोधका कार्यक्रम हुने समितिले विज्ञप्ती मार्फत चेतावनी दिएको छ ।
मंगलबार नेपाली काँग्रेस ओखलढुङ्गाको प्रथम जिल्ला सम्मेलन र विपि स्मृति भवन (पार्टी कार्यालय) उद्घाटन गर्न पार्टी सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, केन्द्रीय नेता शेखर कोईराला, महामन्त्री गगन थापा लगायत केन्द्र, प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताहरु ओखलढुंगा सदरमुकाम आउने छन् । संघर्ष समितिले प्रदेशको नाम कोशी खारेज गरि पुनः पहिचानको आधारमा प्रदेशको नामाङ्कनको माग गर्दै विरोध प्रदर्शन गरिरहेको छ ।