काँग्रेस सभापती देउवा ओखलढुंगा आउने

काँग्रेस सभापती देउवा ओखलढुंगा आउने


भिजन समाचार
212
Shares

नेपाली काँग्रेसका केन्द्रिय सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा भोली मंगलबार ओखलढुंगा आउने भएका छन् । नेपाली काँग्रेस ओखलढुङ्गाको प्रथम जिल्ला सम्मेलन र विपि स्मृति भवन (पार्टी कार्यालय) उद्घाटन गर्न सभापती देउवा ओखलढुंगा आउने छन् ।
देउवा संगै पार्टीका केन्द्रिय नेता शेखर काेईराला, महामन्त्री गगन थापा, प्रदेश मुख्य मन्त्री केदार कार्की, केन्द्रिय सदस्यहरु रामहरी खतिवडा, प्रदिप कुमार सुनुवार लगायत केन्द्र, प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताहरु सम्मेलन उद्घाटन कार्यक्रममा सहभागी हुने ओखलढुंगा काँग्रेस पार्टी सभापती तेजेन्द्र खनालले बताए ।
पार्टी कार्यालय उद्घाटन पश्चात विहान ११ बजे जिल्ला समन्वय समिति कार्यालयको प्राङ्गणमा प्रथम जिल्ला सम्मेलनको उद्घाटन हुने सभापती खनालले जानकारी दिए । २० गते सम्म सञ्चालन हुने सम्मेलनमा पार्टीको संगठानिक, राजनैतिक, प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल गरिनुका साथै प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिने सभापती खनालले बताए ।
कार्यक्रमका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसारको काम अन्तिम चरण पुगेको नेपाली काँग्रेस ओखलढुंगाले जनाएको छ । जिल्ला सदर मुकाममा आयोजना गरिएको सम्मेलनमा विभिन्न स्थानिय तहहरुबाट १३औं महाधिवेशनका क्षेत्रिय प्रतिनिधीहरु लगायत नेता कार्यकर्ताहरुको सहभागि हुनेछन् ।