ओखलढुंगा काँग्रेस जिल्ला सम्मेलनको तयारी तिब्र

ओखलढुंगा काँग्रेस जिल्ला सम्मेलनको तयारी तिब्र


भिजन समाचार
901
Shares

नेपाली काँग्रेस ओखलढुंगाको जिल्ला सम्मेलनको तयारी तिब्र पारिएको छ । सम्मेलन आगामी मंशिर १९ गते मंगलबार जिल्ला सदरमुकाममा हुने तय भएको छ । नेपाली काँग्रेसको वीपी स्मृति भवन (कार्यालय) र जिल्ला सम्मेलनको एकै पटक उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापती तेजेन्द्र खनालले बताए ।
उद्घाटनका लागि प्रमुख अतिथी पार्टी सभापती एवम् पुर्व प्रधानमन्धी शेरबहादुर देउबा, विशेष अतिथी शेखर काेईराला, महामन्त्री गगन थापा लगायत नेपाली काँग्रेसका केन्द्र, प्रदेश, जिल्ला तहका नेता कार्यकर्ताहरुको सहभागिता रहने सभापती खनालले जानकारी दिए । सम्मेलन सफल बनाउन सबैले आआफ्नाे स्थान बाट सहयाेग गर्न काँग्रेस ओखलढुंगाले अनुराेध गरेकाे छ ।