शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय अनुगमन गर्ने निर्णय

शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय अनुगमन गर्ने निर्णय


भिजन समाचार
2.3k
Shares

जिल्लामा शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयहरुको प्रभावकारी अनुगमन गरिने भएको छ । जिल्ला शिक्षा समिति ओखलढुंगाले सामुदायिक विद्यालयको शैक्षिक स्तर बढाउन नियमित अनुगमन गर्ने निर्णय गरेको हो ।
स्थानीय तहहरुसँगको समन्वयमा सामुदायिक विद्यालयहरुको अनुगमनलाई प्रभावकारी बनाईने निर्णय भएको समितिका सदस्य राजकुमार ढुंगानाले जानकारी दिए । जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख तारादेवी कार्कीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको ढुंगानाको भनाई छ ।
यसका साथै शिक्षक सेवा आयोगबाट छनौट भई सिफारिस भएका १२ जना शिक्षकहरुलाई पदस्थापन गर्ने निर्णय भएको छ । कक्षा ११ का परिक्षा केन्द्रहरुको हेरफेरबारे पनि समितिले शिक्षा विकास तथा समन्वय इकाईलाई सिफारिस गरेको छ ।
केहि विद्यालयका विद्यार्थीका लागि परिक्षा केन्द्र अपायक परेको गुनासो आएपछि हेरफेरका लागि सिफारिस गरिएको बताईएको छ । बैठकमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नेत्रप्रसाद गजुरेल लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।