विद्युत सर्ट भएर घरमा आगलागी भएको छ । शनिबार बिहान ४ बजे मोलुङ गाउँपालिका–१ झगरपुरका ४० बर्षीय भोलाकाजी राईको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो ।
आगलागीबाट राईको ढुङ्गा माटोले बनेको, जस्ताको छानो भएको एक तले घर, काठपात, अन्नपात, लत्ताकपडा, नगद दश हजार रुपैयाँ समेत जलेर नष्ट हुँदा करिब तीन लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।
आगो स्थानीय र प्रहरीको सहयोगमा एक घण्टा पछि बिहान ५ बजे नियन्त्रण आएको थियो । आगलागीबाट कुनै मानविय र पशुचौपायामा क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया