ट्राफिक कारबाहीमा ३ लाख ६९ हजार राजश्व संकलन

ट्राफिक कारबाहीमा ३ लाख ६९ हजार राजश्व संकलन



ओखलढुंगामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी कारबाहीबाट एक महिनामा तीन लाख बढी राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका अनुसार कात्तिक महिनामा ४८० वटा सवारीलाई कारबाही गर्दा तीन लाख ६९ हजार राजश्व संकलन भएको हो । कारबाहीमा पर्नेमा सबैभन्दा धेरै जिप, कार ३३१ वटा रहेका छन् ।
यस्तै मोटरसाइकल ५९ वटा, ट्रक १७, टिपर ६, बस ६०, ट्याक्टर ३ र अटो ४ वटा कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेहरुमा धेरैजसो ट्राफिक नियमको उलंघन गर्ने, सिट क्षमता भन्दा बढी यात्रु राख्ने तथा कागजपत्र साथमा नबोक्ने लगायतका धेरै रहेको प्रहरी तथ्यांकमा उल्लेख रहेको छ ।
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी नायव निरीक्षक प्रवीण कार्कीका अनुसार सवारी व्यवस्थापनको लागि ट्राफिक नियमको पालनामा कडाई गरिने भएको छ ।
अधिकांस दुर्घटना ट्राफिक नियम उल्लंघनका कारण हुने भएकाले नियम पालना नगर्नेलाई कानुन अनुसार कडा कारबाही गरिने प्रहरी नायब निरिक्षक कार्कीले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्युनिकरणका लागि सचेतनामुलक अभियानमा जोड दिएको छ ।