साघुटार–घोराखोरी–सिलौरीघाट सडक ओखलढुंगाको लाईफलाइनका रुपमा रहेको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले बताए । चम्पादेवी गाउँपालिकाको घोराखोरीमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सभापति खतिवडाले यस्तो बताएका हुन् ।
साघुटार–घोरखरी–कोषहाट–ओखलढुङगा हुँदै सिलौरीघाट सम्म पुग्ने सडकको निर्माण कार्य स्तरिय नभएमा निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सन प्रा.ली र अनुगमन गर्ने निकाय हर्कपुर सडक डिभिजनलाई समेत कारबाही गरिने खतिवडाले चेतावनी दिएका छन् ।
उक्त सडकको कालोपत्रेको काम ढिलाई भईरहेको र गुणस्तरहिन भएको जनस्तरबाट गुनासो बढ्न थालेपछी सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको बताईएको छ । सडक कालोपत्रेका लागि आवश्यक बजेटका लागि आफुले पहल गर्ने सभापति खतिवडाले प्रतिवद्धता जनाएका छन् । यसका साथै जिल्लाका सम्पुर्ण वडाहरुमा राष्ट्रिय प्रशारण लाईनको विधुत पु¥याउन पहल गर्ने प्रतिबद्धता गरेका छन् । सडक कालो पत्रकोको काम साँघुटार देखी प्रारम्भ भएको छ । साघुटार–घोराखोरी–सिलौरीघाट सडक कालोपत्रेको काम साघुटार बाट प्ररम्भ भएको छ ।
घोराखोरीमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा चम्पादेवी गाउँ पालिका अध्यक्ष नबराज केसी, लिखु गाउँ पालिका अध्यक्ष अशोक कार्की, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रुद्र अधिकारी, ओखलढुङगा नेपाली कांग्रेस जिल्ला सचिव अजय लुइटेल, सडक डिभिजन कार्यालयको निमित्त प्रमुख सुनिल निरौला, सडक कालोपत्रेको ठेक्का पाएको निर्माण कम्पनी कान्छाराम कन्ट्रकशनका प्रतिनिधि राजन सुवेदी लगायत स्थानिय नागरिक सरोकारवालाहरुको सहभागिता रहेको खतिवडाका स्वकिय सचिव हुकुम राईले जानकारी दिनुभयो ।
प्रतिक्रिया