मंशिर १४ गते घुर्मीमा पहिचान पक्षधरको विरोध कार्यक्रम

मंशिर १४ गते घुर्मीमा पहिचान पक्षधरको विरोध कार्यक्रम


भिजन समाचार
5.7k
Shares

प्रदेशको नाम ‘कोशी’ खारेजी र पहिचानको आधारमा नाम माग्दै आन्दोलनरत पहिचान पक्षधरले उदयपुरको घुर्मीमा विरोध प्रदर्शन गर्ने भएका छन् । दबाबमूलक आन्दोलन गर्दै आएको प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आगामी मंशिर १४ गते घुर्मी बजारमा विरोध कार्यक्रम गर्ने भएको हो ।
पश्चिममा उदयपुरको घुर्मी बजार देखी पुर्वमा चिवाभञ्ज्याङ सम्म पहिचान जागरण अभियान सञ्चालन गरिने संघर्ष समितिले जनाएको छ । विरोध कार्यक्रममा प्रदेश १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्र सिं थेगिम, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुङ अध्यक्ष प्रेम येकन लगायत अन्य आदिवासी जनजाति सामाजिक संस्था र राजनितिक दलका प्रतिनिधिहरु वक्ताका रुपमा सहभागिहुने आयोजकले जनाएको छ ।
मंशिर १४ गते घुर्मी बजारमा जुटौं, पहिचान विरोधी प्रदेश १ का ८२ जना सांसदहरु र पहिचानको आन्दोलन विरुद्ध बाल्ने नेताहरुलाई गाउँ प्रवेश पहिचानवादी संघर्ष तेज पारौं, भन्ने अभियानकोको थालनि भएको बताईएको छ ।