वाम्बुले राई भाषाको कविता प्रतियोगिता धरानमा हुने

वाम्बुले राई भाषाको कविता प्रतियोगिता धरानमा हुने


भिजन समाचार
424
Shares

किरात राई वाम्बुले भाषाको २३औं कविता प्रतियोगिता सुनसरीको धरानमा हुने भएको छ । वाम्बुले राई समाज (वाम्रास) नेपालको २६औं वार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिता धरानमा हुन लागेको हो ।
यस अघि ओखलढुंगा, खोटाङ र उदयपुरको गाउँघरमा मात्र आयोजना हुने गरेको वाम्बुले राई भाषाको कविता प्रतियोगिता यस पटक धरानमा आयोजना गर्न लागिएको वाम्रासका केन्द्रीय अध्यक्ष गजुरधन राईले बताए ।
प्रदेश–१ मा जारी प्रदेशको नाम ‘कोशी’ बहिस्कार आन्दोलन जारी छ, उक्त आन्दोलनलाई सहयोग पु¥याउन धरानमा प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष राईको भनाई छ । ‘इक किरात प्रदेश’ (हाम्रो किरात प्रदेश) शीर्षकमा कविता प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
विजयी प्रतियोगिहरूले क्रमशः प्रथम १० हजार, द्वितीय छ हजार, तृतीय चार हजार तथा सान्त्वना दुई जनालाई दुई–दुई हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । यस अघिको प्रतियोगितामा प्रथम भएका र लिब्जु–भुम्जु पुरस्कार प्राप्त कविले अप्रतियोगीका रूपमा सहभागी हुन पाउने आयोजकले जनाएको छ । वाम्बुले राई भाषाको कविता प्रतियोगिता २०५५ सालदेखि आयोजना गरिदै आएको छ ।