उत्कृष्ट करदाता सम्मानित

उत्कृष्ट करदाता सम्मानित


भिजन समाचार
4.8k
Shares

कर दिवसको अवसरमा ओखलढुंगामा उत्कृष्ट दुई जना करदाता सम्मानित भएका छन् । १२औँ कर दिवसको अवसरमा ओखलढुंगा र सोलुखुम्बुका दुई जना उत्कृष्ट करदाता सम्मानित भएका हुन् । ओखलढुंगाको गोबिन्द हार्डवेयर सप्लायर्स प्रा.लि र सोलुखुम्बुको सल्लेरी च्याल्सा जलविद्युत् कम्पनी लिमिटेडलाई सम्मान पत्र मार्फत सम्मान गरिएको करदाता सेवा कार्यालय ओखलढुंगाका कर अधिकृत धिरेन्द्र बस्नेतले बताए ।
आर्थिक वर्ष २०७८÷०७९ मा सबैभन्दा बढी आयकर दाखिला गरेको आधारमा उत्कृष्ट करदातालाई सम्मान गरिएको अधिकृत बस्नेतको भनाइ छ । दिवसको अवसरमा कार्यालयका ईमान्दार र पुरानो कर्मचारी सचिन देव भट्टराईलाई नगद दुई हजार र सम्मान पत्र सहित प्रोत्साहन गरिएको कार्यालयले जनाएको छ ।