रामपुरका आगलागी पीडितलाई सभापति खतिवडाको आर्थिक सहयोग

रामपुरका आगलागी पीडितलाई सभापति खतिवडाको आर्थिक सहयोग


भिजन समाचार
6.7k
Shares

मोलुङ गाउँपालिका–२ रामपुरका आगलागी पीडित परिवारलाई राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आर्थिक सहयोग गरेका छन् । सभापति खतिवडाले अग्नि पीडित निम बहादुर सार्की र एक बहादुर सार्कीको परिवारलाई घरमै पुगेर प्रती परिवार दश हाजर आर्थिक सहयोग गरेको खतिवडाका स्वकिय सचिव हुकुम राईले जानकारी दिए ।
तिहारको समयमा दिपावलीको दियो र झिलीमिली बत्ती बाल्दा विद्युत सर्ट भएर निमबहादुर र एकबहादुरको घरमा आगलागी भएको थियो ।
रातिको समयमा भएको लागलागीबाट एउटै घरमा आधा–आधा भाग बनाई दुई दाजुभाई बस्दै गरेको इट्टा र सिमेन्टले बनेको टिनको छानो भएको एक तले पक्की घर, घरभित्र रहेका भाडवर्तन, त्ताकपडा, अन्नपात जल्दा १६ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिएका छन् ।