स्व.आमाबुवाको सम्झनामा ढुंगेधारा स्थापना

स्व.आमाबुवाको सम्झनामा ढुंगेधारा स्थापना



स्वर्गीय आमाबुवाको सम्झनामा छोराहरुले ढुंगेधारा स्थापना गरेका छन् । स्व.जनक बहादुर श्रेष्ठ र हिरा कुमारी श्रेष्ठको सम्झनामा छोराहरु सिद्धिचरण नगरपालिका–११ रामबजारका फडिन्द्र श्रेष्ठ, भुपदास श्रेष्ठ र बालकृष्ण श्रेष्ठको परिवारले पानी ट्याङ्की सहितको ढुंगेधारा निर्माण गरेका हुन् ।

श्रेष्ठ परिवारले एक लाख १५ हजार लगानिमा जिल्ला सदरमुकामको रामबजार नजिकै रहेको जाल्पा देवी मन्दिर परिसमा खानेपानी ट्याङ्की सहित ढुंगे धारा निर्माण गरेका हुन् । बुधबार उक्त धाराको सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदार बाबु बस्नेतको प्रमुख आतिध्यतामा उद्घाटन गरिएको छ ।

निर्माण गरिएको संरचनाको सदुपयो, संरक्षण र सुरक्षित परिचालन गर्न रामबजार टोल सुधार समितिलाई हस्तान्तरण गरिएको छोरा बालकृष्ण श्रेष्ठले बताए । श्रेष्ठ परिवारले यस अघि पनि आफ्नो बुवाआमाको सम्झनामा नगरपालिकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्रहरुलाई आवश्यक सामाग्री सहयोग लगाएतका सामाजिक काम गरेका छन् ।