ओखलढुंगाका नागरिककाे गुनासो सुन्दै रास्वपा

ओखलढुंगाका नागरिककाे गुनासो सुन्दै रास्वपा


भिजन समाचार
4.1k
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिककाे गुनासो सुन्न तथा संकलन गर्न घरदैलो कार्यक्रम गरिरहेको छ । रास्वपाले नागरिकको सुझाव, गुनासो संकलन गर्न ओखलढुंगाका सम्पुर्ण स्थानिय तहमा पुगेको छ ।
सम्पुर्ण स्थानिय तहमा पुगेर नागरिकका समस्या सुन्ने र उनीहरुको जीवनस्तर कसरी सुधार गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम गरिएको रास्वपाका कोशी प्रदेश समिति सदस्य तथा जिल्ला संयोजक कृष्ण बहादुर थापाले बताए । घरदैलो सुझाब फारम भराई गुनासो तथा सुझाव संकलन गरिएको थापाको भनाई छ ।
घरदैलो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ओखलढुंगाका प्रतिनिधि सभाका उम्मेद्वार शोभा कार्की, जिल्ला संयोजक कृष्ण थापा, जिल्ला निर्वाचन क्षेत्र समितिका सभापति राजन दाहाल, जिल्ला निर्वाचन क्षेत्रका सचिव विक्रम दाहाल, रास्वपा कोशि प्रदेश गुनासो व्यवस्थापन विभाग सदस्यहरु लगाएतको सहभागीता रहेको छ । मंसिर १५ गते सम्म जिल्लाको विभिन्न स्थानिय तहमा पुगेर नागरिकका गुनासो साथै सुझाव संकलन गरिने रास्वपा ओखलढुंगाले जनाएको छ ।