चार महिनामा छ करोड बढी राजश्व संकलन

चार महिनामा छ करोड बढी राजश्व संकलन



करदाता सेवा कार्यालय ओखलढुंगाले चार महिनामा छ करोड बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को साउन देखि कात्तिक सम्मको अवधिमा कार्यालयले छ करोड ६० लाख २४ हजार राजश्व संकलन गरेको हो ।
आठ करोड २१ लाख ५२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिइएको भएपनि लक्ष्यको ८०.३७ प्रतिशत मात्र राजश्व संकलन भएको करदाता सेवा कार्यालय ओखलढुंगाका कर अधिकृत धिरेन्द्र बस्नेतले जानकारी दि
सबैभन्दा बढी आयकर बापत तीन करोड ७० लाख ७४ हजार र भ्याट कर वापत दुई करोड ४५ लाख २६ हजार संकलन भएको छ । भ्याट कर धेरै जसो ठेक्काबाट संकलन हुने भएकोले चैत÷वैशाखमा भ्याट कर बढ्ने अधिकृत बस्नेतले बताए । लक्ष्य अनुसार कर संकलन अपेक्षा गरिएको पनि उनले बताए ।
अन्त शुल्क बापत ३२ लाख १४ हजार, घर बहाल कर वापत नौ लाख ९९ हजार,ब्याज कर वापत दुई लाख तीन हजार र शिक्षा कर वापत सात हजार राजश्व संकलन भएको छ ।
राज्यले नागरिकको सुरक्षा र सेवा सुविधाको लागि अरबौँ रकम खर्चिने र त्यो रकम नागरिकले बुझाएको कर बाटै पुर्ति हुने भएकाले कर तिर्नु नागरिकको कर्तव्य भएको कर अधिकृत बस्नेतको भनाई छ ।
यस्तै कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा ३२ करोड २९ लाख ६६ हजार राजश्व संकलन गरेको थियो । ३४ करोड ७३ लाख ८२ हजार संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्य भन्दा केहि कम ९२.९७ प्रतिशत राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयबाट स्थानी लेखा नम्बर दर्ता नविकरण, अन्तःशुल्क दर्ता, कर चुक्ता, कारोबार थपघट, कारोबार बन्द लगायतका सेवा प्रदान हुँदै आएको छ ।
कार्यालयले सोलखुम्बुको पासाङल्हामु गाउँपालिका बाहेक ओखलढुंगा र सोलुखुम्बुका सबै पालिकालाई सेवा दिने गरेको छ ।