स्व. आमा बुवाको सम्झनामा जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग

स्व. आमा बुवाको सम्झनामा जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग


भिजन समाचार
4.1k
Shares

स्वर्गीय आमा बुवाको सम्झनामा छोराहरुले जेष्ठ नागरिक दिवा सेवा केन्द्र सिद्धिचरण नगरपालिका–१ तलुवालाई आवश्यक सामाग्री सहयोग गरेका छन् । सिद्धिचरण नगरपालिका–११ का फडिन्द्र श्रेष्ठ, भुपदास श्रेष्ठ र बालकृष्ण श्रेष्ठको परिवारले आफ्ना बुवा आमाको स्मृतीमा तलुवाको जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई आवश्यक सामाग्रि सहयोग गरेका हुन् ।

केन्द्रलाई स्टिल दराज एक थान, ग्यास चुल्हो एक थान, ग्यास सिलिन्डर एक थान, स्टिल मग ३० थान, स्टिल किस्ती दुई थान र कित्ली एक थान सहयोग गरिएको बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
आमा बुवा जनक बहादुर श्रेष्ठ र आमा हिरा कुमारी श्रेष्ठको तिथिको अवसरमा सामाग्रि हस्तान्तरण गरेका छन् । केन्द्रमा आउने जेष्ठ नागरिकलाई सहजताका लागि आफूहरुले सामाग्री सहयोग गरेको श्रेष्ठले बताए । श्रेष्ठ परिवारले यस अघि पनि नगरपालिकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्रहरुलाई आवश्यक सामाग्री सहयोग गरेका छन् ।