खसी कपको उपाधि तामाङ विकास समूहले जित्यो

खसी कपको उपाधि तामाङ विकास समूहले जित्यो


भिजन समाचार
424
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–८ मा भएको प्रथम वडा स्तरीय खसी कप भलिबल प्रतियोगिताको उपाधि तामाङ विकास समूहले जितेको छ । तिहारको अवसरमा न्यु सुर्यदय युवा क्लब सिद्धिचरण नगरपालिका–८ को आयोजनामा भएको प्रतियोगितामा सिद्धिचरण नगरपालिका २ ठुलाछापलाई ३–१ को सेटमा हराउँदै तामाङ विकास समूहले प्रथम स्थान हासिल गरेको हो ।


यस्तै प्रतियोगितामा एभरेष्ट युवा क्लब तृतीय भएको छ भने न्यु सुर्यदय युवा क्लब सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम र द्वितिय हुने टिमले खसीको साथमा मेडल र प्रमाणपत्र पाएका छन् । तृतीय हुने टिमले लोकल भालेको साथमा मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने टिमले लोकल भालेको साथमा प्रमाणपत्र भएको छ ।
प्रतियोगितामा विजेता बनेका टिमलाई सिद्धिचरण नगरपालिका–८ का वडा अध्यक्ष एकराज तामाङ र जिल्ला भलिबल खेलकुद संघका उपाध्यक्ष अर्जुन राईले खसी, भाले र पुरस्कार हस्तान्तरण गरेको आयोजक क्लबका हरि गुरुङले दिए ।


उनका अनुसार कार्तिक २३ गते देखि २५ सम्म भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । तिहारको अवसरमा शुभकामना आदानप्रदान सहित विविध सांस्कृतिक कार्यक्रम समेत भएको आयोजकले जनाएको छ ।