प्रथम मानेभन्ज्याङ गोल्ड कपको उपाधि ज्वालामुखी युवा समूह ‘ए’ हर्कपुरलाई

प्रथम मानेभन्ज्याङ गोल्ड कपको उपाधि ज्वालामुखी युवा समूह ‘ए’ हर्कपुरलाई


भिजन समाचार
1.7k
Shares

प्रथम मानेभन्ज्याङ गोल्ड कपको उपाधि ज्वालामुखी युवा समूह ‘ए’ हर्कपुरले जितेको छ ।
आज शनिबार भएको फाइनल खेलमा रमाइलोडाँडा युवा क्लब ओखलढुंगालाई ३–० ले गराउँदै ज्वालामुखी युवा समूह ‘ए’ हर्कपुरले उपाधि जितेको हो ।


विजेता बनेको ज्वालामुखी युवा समूह ए हर्कपुरले नगद् ५० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ भने उप–विजेता बनेको रमाइलोडाँडा युवा क्लबले नगद् ३० हजारको साथमा मेडल र प्रमाणपत्र पाएको आयोजक क्लबका अध्यक्ष कुमार मगरले जानकारी दिए ।
विजेता तथा उप–विजेतालाई मानेभन्ज्याङ गाउँपालिकाका उपाध्यक्ष आश्राचन राईले पुरस्कार हस्तान्तरण गरेका छन् । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गाउँपालिकाले खेल क्षेत्रको प्रवद्र्धन र खेलाडी प्रोत्साहनका लागि विभिन्न काम गरिरहेको जानकारी गराएका थिए ।


प्रतियोगिताका सेमिफाइनलिस्ट दुई टिम मानेभन्ज्याङ युवा क्लब र ज्वालामुखी युवा समुह बी लाई पनि नगद १०-१० हजार प्रदान गरिएको आयोजकले जनाएको छ । ३२ टिमको सहभागीता रहेको प्रतियोगितामा ओखलढुंगा सहित उदयपुर, खोटाङ लगायतका जिल्लाका खेलाडी तथा खेल टिमको सहभागिता रहेको थियो ।