ओखलढुंगाको चम्पादेवीमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको चम्पादेवी गाउँपालिका–४ पुराना गाउँ घर भई हाल वडा नम्बर–६ डाडागाउँ छोरीको घरमा बस्दै आएकी ८८ बर्षीय नन्दमाया बुढाथोकी मृत फेला परेकी हुन् ।
गत सोमबार चिप्लेटि भदै भाईको घरमा जान्छु भनि हिडेकी बुढाथोकी सम्पर्क विहिन भएकी थिईन । उनको खोजी गर्ने क्रममा शुक्रबार चम्पादेवी गाउँपालिका–६ कुईके पाखा स्थित घोराखोरीबाट डाडागाउँ जाने भित्रि कच्ची सडक खण्डमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।
शवलाई ४/५ वटा कुकुरहरुले खादैँ खेलाउदैं गरेको अवस्थामा स्थानियबासीले फेला पारी प्रहरीलाई खबर गरेको प्रहरी निरिक्षक सिंहले बताए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया