ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–८ माम्खामा रेबिज रोग समुदायमा फैलने जोखिम बढेको छ । रेबिज संक्रमित कुकुरले जथाभावी पशुचौपायालाई टोकेर बेपत्ता भए पछि समुदायमा रेबिज रोग फैलने जोखिम बढेको हो ।
रेबिज लागेको कुकुरको टोकाईका कारण माम्खाकी प्रमिला राईको हला गोरुलाई संक्रमण भई मरेका छन् । उक्त हलगोरुमा रेबिजको लक्षण देखा परेको थियो । रेबिज संक्रमणको जोखिम बढेका कारण कुकुर र पशु चौपायामा रेबिज विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र ओखलढुंगाका प्रमुख डा.सुशिल कुमार अधिकारीले बताए ।
रोग र यस बाट बच्न स्थानीयलाई सचेत गराइएको समेत डा. अधिकारीको भनाई छ । जथाभावी पशु चौपायालाई टोकेर बेपत्ता भएको रेबिज संक्रमित कुकुर अहिले सम्म फेला नपरेकोले सतर्कता अपनाउन कार्यालयले अनुराेध गरेकाे छ ।
प्रतिक्रिया