ओखलढुंगामा तिहार लक्षित बजार अनुगमन, अखाद्य सामाग्री जफतपछि नष्ट

ओखलढुंगामा तिहार लक्षित बजार अनुगमन, अखाद्य सामाग्री जफतपछि नष्ट


भिजन समाचार
3.7k
Shares

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले तिहारलाई लक्षित गरेर बजार अनुमगन गरेको छ । प्रशासनको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी र सिद्धिचरण नगरपालिकाका प्रतिनिधि सहितको टोलीले संयुक्त रुपमा सिद्धिचरण नगरपालिका १२ को बजार क्षेत्रमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा टोलीले सदरमुकामको कृष्णटोल र गणेशटोलका चार वटा किराना पसलबाट म्याद गुज्रिएका ६८ हजार एक सय ५० रुपैयाँ मूल्य बराबरको अखाद्य सामाग्री जफत गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद गौतमले बताए ।

अनुमगन टोलीले छगेडा, बदाम, नरिवल, आँटा पिठो, जिरा, अजिना, चियापत्ति,चकलेट लगायतका सामाग्री म्याद गुज्रिएको अवस्थामा फेला पारि नष्ट गरिएको उनले बताए ।

उपभोक्तालाई उपभोग्य मिति हेरेर मात्र खरिद गर्न र व्यापारीलाई पनि अखाद्य सामाग्री विक्री नगर्न सचेत गराइएको उनको भनाई छ ।

अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।