ओखलढुंगामा सवारी कारवाहीबाट ३ महिनामा १० लाख राजश्व संकलन

ओखलढुंगामा सवारी कारवाहीबाट ३ महिनामा १० लाख राजश्व संकलन


भिजन समाचार
4.1k
Shares

ओखलढुंगामा सवारी नियम उल्लंघन गर्ने सवारीलाई कारबाहीबाट तीन महिनामा करिब १० लाख राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका अनुसार जिल्लामा आर्थिक बर्ष २०८०-८१ को साउन देखि असोजसम्म १४ सय २० वटा सवारीलाई कारवाही गर्दा ९ लाख ९३ हजार ५ सय राजश्व संहलन भएको हो ।

साउन महिनामा ५२०, भदौमा ४३० र असोजमा ४७० गरि कुल १४ सय २० वटा सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख एवम् प्रहरी सहायक निरीक्षक होम प्रसाद खतिवडाले जानकारी दिए ।

जसबाट साउनमा तीन लाख ६२ हजार, भदौमा तीन लाख एक हजार पाँच सय र असोजमा तीन लाख ३० हजार गरि कुल नौं लाख ९३ हजार पाँच सय राजश्व संकलन भएको उनले बताए ।

कारवाहीमा पर्नेमा सबैभन्दा धेरै जिप कार ५९१ वटा रहेका छन् । यस्तै मोटरसाइकल ५६५ वटा, ट्रक १४०, टिपर २९, बस ४३, ट्याक्टर २७ र अटो २५ वटा कारवाहीमा परेका छन् ।

कारवाहीमा पर्नेहरुमा धेरैजसो सवारी चालक अनुमति पत्र नभइ सवारी चनाउने, ट्राफिक नियमको उलंघन गर्ने, सिट क्षमता भन्दा बढी यात्रु राख्ने तथा मापसे गर्ने लगायतका धेरै रहेको प्रहरी तथ्यांकमा उल्लेख रहेको छ । दुर्घटना न्युनिकरणको लागि चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।