लिङ्गे पिङबाट लड्दा ओखलढुंगामा एक पुरुष गम्भीर घाइते

लिङ्गे पिङबाट लड्दा ओखलढुंगामा एक पुरुष गम्भीर घाइते


भिजन समाचार
96.5k
Shares

पिङ खेल्ने क्रममा लड्दा ओखलढुंगामा एक पुरुष गम्भीर घाइते भएका छन् । आइतबार राति करिब ९:५० बजे लिङ्गे पिङ्ग खेल्ने क्रममा डोरीबाट हात फुस्किएर लडि जिल्लाको सिद्धिचरण नगरपालिका ४ का ३० बर्षीय सुवास मगर गम्भीर घाइते भएका हुन् ।

पिङबाट लडेका उनको टाउकोमा गम्भीर चोड लागेकोमा बिरामी भएकोमा तत्काल उपचारको लागि जिल्ला अस्पताल रुम्जाटार लगिएकोमा सामान्य उपचार पनि राति १०:४० बजे ओखलढुंगा सामुदायिक अस्पतालमा ल्याइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएकोले धुलिखेल अस्पतालको रेफर गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिएका छन् । तत्कालको लागि उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पिङ खेल्दा सावधानी अपनाउन प्रहरीले जिल्लाबासीमा आग्रह समेत गरेको छ ।