मोटरसाईकल दुर्घटनाका गम्भीर घाइतेलाई काठमाण्डौ रेफर

मोटरसाईकल दुर्घटनाका गम्भीर घाइतेलाई काठमाण्डौ रेफर


भिजन समाचार
29.7k
Shares

ओखलढुंगाको मिलनचोकमा मंगलबार बिहान भएको मोटरसाईकल दुर्घटनाका गम्भीर घाइते भएका चालकलाई थप उपचारका लागि काठमाण्डौ रेफर गरिएको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार सम्भव नभए पछी नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ पठाईएको हो ।
प्रदेश १–०२–०४० प ४३३४ नम्बरको मोटरसाइकल मिलनचोकको खुश्बु पेट्रोल पम्प नजिक आफै अनिन्त्रित भई दुर्घटना हुदा सिद्धिचरण नगरपालिका–११ मिलनचोकका ३० बर्षीय अरुण राई गम्भीर घाईते भएका थिए । राईको टाउको र दुबै हातमा गम्भीर चोट लागेको थियो ।
उनको थप उपचारका लागि काठमाण्डौको न्युरो अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।