२७ वर्षिय महिला बलात्कार आरोपमा २३ वर्षिय पुरुष पक्राउ

२७ वर्षिय महिला बलात्कार आरोपमा २३ वर्षिय पुरुष पक्राउ


भिजन समाचार
28.2k
Shares

२७ वर्षिय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २३ वर्षिय पुरुष पक्राउ परेका छन् । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका २३ वर्षिय फुरी शेर्पा बलात्कार आरोपमा पक्राउ परेको हुन् ।
खिजिदेम्बाकै २७ वर्षिय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बालिष्टर सिंहले जानकारी दिए ।
शेर्पाले ती महिलालाई गत असोज १९ गते पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा बरुणेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाका विषयमा आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।