चाडपर्वमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्न नेकपा एमाले ओखलढुंगाले ध्यानाकर्षण गराएको छ । चाडबाडको समयमा हुन सक्ने महंगी, सवारी साधनमा चर्को भाडा असुली लगायत कालोबजारी रोक्न नेकपा एमाले ओखलढुंगाले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका हो ।
चाडपर्वको मौका छोपेर व्यापारीहरुले चर्को मूल्य वृद्धि गरेको, कालोबजारी व्याप्त रहेको साथै यातायात भाडादर तोकिएको भन्दा बढी अशुल भइरहेकोबारे जनस्तरबाट व्यापक गुनासो आइरहेकोले नियन्त्रण गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराईएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष शंकरबहादुर कट्वालले बताए ।
बेतिथिहरुलाई अनुगमन गरी समयमै नियन्त्रण गरेर आम जनताहरुलाई न्याय प्रदान गर्नु सम्बन्धित निकायहरुको कर्तव्य र दायित्व भएकाले नागरिकका गुनासोलाई वेवास्ता नगर्न पार्टीले जिल्ला प्रशासन, जिल्ला प्रहरी एवम् सरोकारवाला कार्यालयलाई ध्यानाकर्षण गराएको अध्यक्ष कट्वालको भनाई छ ।
प्रतिक्रिया