ओखलढुंगाको मोलुङ खोलामा डुबेर बालकको ज्यान गएको छ । सुनकोशी गाउँपालिका–९ कटुञ्जेका सुब्बा रापचाका ७ बर्षीय छोरा अञ्जल रापचाको मोलुङ खोलामा डुबेर मृत्यु भएको हो ।
रापचा मोलुङ गाउँपालिका–५ चिउरीबोट स्थित मामाघरमा बस्दै आएका थिए । सोमबार बिहान घाँस काट्न गएकी आमालाई पछ्याउँदै गएका रापचाको खोलामा डुबेको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए ।
घटनाका विषयमा अनुसन्धान गर्न प्रहरी चौकी प्राप्चा र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी निरीक्षक सहितको टोली खटिएको सिंहले जानकारी दिए । घटनाबारे थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया