जिल्ला समन्वय समिती ओखलढुंगाका प्रमुख स्वर्गिय डिल्लीराम खनालको सम्झनामा शोक सभा गरिएको छ । पुर्व सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाली काँग्रेस ओखलढुंगा–काठमाण्डौ उपत्यका सम्पर्क समितिले शोक सभा आयोजना गरेकोे हो ।
स्वर्गिय खनालको १३ औं दिनको पुण्य तिथीको अवसरका शोक सभा आयोजना गरिएको सम्पर्क समितिका अध्यक्ष खिलनाथ लुईटेलले बताए । शोक सभामा स्व. खनालका भाई डा. शंकर खनालले वहाको संक्षिप्त राजनितिक तथा सामाजिक जीवनी प्रस्तुत गरेका थिए ।
सभामा स्व. खानलकी धर्मपत्नी सारदा खनाल लगायत परिवारका सदस्यहरु उपस्थित भएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापती रामहरि खतिवडा लगायत जिल्ला, प्रदेश साथै केन्द्रिय तहका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु उपस्थित भएको ओखलढुंगा–काठमाण्डौ उपत्यका सम्पर्क समितिका सचिव देबेन्द्र पाण्डेले जानकारी दिए ।
कार्यक्रममा वक्ताहरुले स्व. खनालको सामाजिक र राजनितिक योगदानका विषयमा चर्चा गरेका थिए । जिसस प्रमुख खनालको असोज १३ गते ७३ वर्षको उमेरमा शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा उपचारको क्रममा निधन भएको थियो । खनाल लामो समय देखी क्यान्सर रोग बाट पीडित थिए ।
नेपाली काँग्रेसको तर्फबाट जिल्ला समन्वय समिती ओखलढुंगाको प्रमुख बनेका खनाल नेपाली काँग्रेस जिल्ला कार्य समिती ओखलढुंगाको पुर्व कोषाध्यक्ष, उपसभापती साथै महासमिति सदस्य हुन । खनालको परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
प्रतिक्रिया