राज्य व्यवस्था तथा सुशासन समितिका सभापती रामहरि खतिवडाले चुनावी बाचा पुरा गरेका छन् । सभापती खतिवडाले चुनावमा बाचा गरे अनुरुप विपन्न विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् ।
ओखलढुंगाको मोलुङ गाउँपालिका–१ का विपन्न विद्यार्थी अर्जुन भुजेललाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरे अनुसार खतिवडाले नगद ३० हजार सहयोग गरेका हुन् । चुनाव ताका भुजेलको अध्ययनका लागि सभापती खतिवडाले आफुले आर्थिक सहयोग गर्ने बाचा गरेका थिए ।
नेपाली काँग्रेसका संघिय सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापती खतिवडाले प्रतिबद्धता गरे अनुसार पठाउनु भएको नगद ३० हजार अर्जुनका बुबा ग्रिमबहादुर भुजेललाई हस्तान्तरण गरिएको नेपाली काँग्रेस मोलुङ–१ का पुर्व सभापति फडिन्द्र ढकालले बताए ।
अर्जुन सगरमाथा जनता माध्यमिक विद्यालयमा सिभिल ओभरसियर अध्ययन गरिरहेका छन् । उनकाे अध्ययनका लागि खतिवडाले आर्थिक सहयोग गरेपछी उनका परिवार खुसी भएको खतिवडाका स्वकिय सचिव हुकुम राईले जानकारी दिए ।
प्रतिक्रिया