यौनजन्य हिंसा रोक्न ‘सेफ्टी पिन’ अभियान

यौनजन्य हिंसा रोक्न ‘सेफ्टी पिन’ अभियान



सार्वजनिक सवारीसाधनमा महिलाहरु माथि हुने यौनजन्य हिंसा रोक्न ओखलढुंगा प्रहरीले ‘सेफ्टी पिन’ अभियान सञ्चालन गरेको छ ।
सवारीसाधनमा यात्रा गर्दा महिलाहरु यौन हिंसामा नपरुन् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सोमबारदेखी ‘सेफ्टी पिन’ अभियान सञ्चालन गरेको हो । अभियान अन्तर्गत सचेतचनामुलक कार्यक्रम गरिएको छ ।
प्रहरी सहायक निरीक्षक चम्पा भुजेलको कमाण्डमा खटिएको प्रहरी टोलीले सिद्धिचरण नगरपालिका–११ मिलनचोकमा सार्वजनिक यातायातका यात्रु तथा चालक, सहचालकहरुलाई जनचेतनामुलक कार्यक्रम गरेको छ ।
कार्यक्रममा ३५ बढी यात्रु तथा आम नागरिक सहभागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।