जिल्ला हुलाक कार्यालय ओखलढुंगाका दुई उत्कृष्ट कर्मचारी सम्मानित भएका छन् । कार्यालयले १४९ औँ विश्व हुलाक दिवसको अवसरमा उत्कृष्ट दुई कर्मचारीलाई सम्मान गरेको हो ।
इलाका हुलाक कार्यालय खिजीफलाटेमा कार्यरत हल्कारा कमलकृष्ण तामाङ र जिल्ला हुलाक कार्यालय ओखलढुंगामा कार्यरत हल्कारा कविता खड्कालाई उत्कृष्ट कार्य सम्पादनको आधारमा सम्मान गरिएको जिल्ला हुलाक ओखलढुंगाका निमित्त प्रमुख सुवास घिमिरेले बताए ।
नगद तीन हजार, प्रशंसा पत्र र खादा सहित सम्मान गरिएको घिमिरेले जानकारी दिए । कर्मचारीहरुको मनोबल बढाउन प्रत्येक बर्ष उत्कृष्ट कर्मचारी छनोट गरि सम्मान गर्ने गरिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया