सोलुखुम्बुको पत्तालेमा व्यवसायिक स्याउ उत्पादन सुरु भएको छ । कोशी प्रदेशका पुर्व मन्त्री अम्बिरबाबु गुरुङकाे अगुवाईमा डिल्ली गुरुङ, कृष्ण केसी र यगेन्द्र बहादुर कार्कीको करिब छ करोड लगानीमा सुरु भएको स्याउ खेतीबाट उत्पादन सुरु भएको हो ।
सोलुदुधकुण्ड नगरपालिका–८ पत्तालेमा एभरेष्ट एग्रो रिसर्च एण्ड टुरिजम डेभलपमेन्ट प्रा.ली मार्फत १६५ रोपनी क्षेत्रफलमा तीन वर्ष अघि स्याउ खेती सुरु गरिएको थियो ।
यस वर्ष करिब २५ टन स्याउ उत्पादन भएको बताईएको छ । कम्पनीको नाममा रहेको ३६ रोपनी र १२९ रोपनी जग्गा भाडामा लिएर १९ हजार पाँच सय बोट स्याउ रोपिएको छ ।
इटालीबाट ल्याइएका फुजी, गाला, किंस रोड, रेड डेलिसस जातका स्याउको खेती गरिएको फर्म सञ्चालक मध्यका अम्बिरबाबु गुरुङले बताए । यस वर्ष ३५ प्रतिशत मात्र स्याउ फलाईएको गुरुङको भनाई छ । यहाँ फलेको स्याउ स्वादिष्ट रहेको बताईएको छ ।
प्रतिक्रिया