बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर मानेभञ्ज्याङ गाउँपालिका थाक्लेका सुमन बास्कोटाले असुलेर लगेको रकम उपभोक्तालाई फर्काएका छन् । सुनकोशी गाउँपालिका–४ जेरुङघाटका १४ घर परिवारलाई बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर लगेको रकम बास्कोटाले फिर्ता गरेका हुन् ।
उनले जेरुङघाटका १४ घर परिवारबाट प्रति परिवार तीन हजारका दरले ४२ हजार रकम उठाएर लगेका थिए । मिटरबक्स नल्याएर बास्कोटाले छ महिना पछि विहिबार स्थानियबाट उठाएर लगेको रकम फिर्ता गरेका छन् । गत बैशाखमा बास्कोटाले बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर जेरुङघाटबासी बाट ४२ हजार रकम उठाएर लगेको बीरबहादुर राईले बताएका छन् ।
नेपाल विधुत् प्राधिकरणको मानेभञ्ज्याङ र सुनकोशीका कर्मचारीका कारण जेरुङघाटका उपभोक्तालाई समयमा मिटरबक्स ल्याउन नसकेको बास्तोलाले आराेप लगाएका छन् । कर्मचारीको असहयोग र आफ्नो व्यवहारिक कारणले जेरुङघाटमा समयमा बिजुलीको मिटरबक्स ल्याउन नसकेको उनकाे भनाई छ ।
जेरुङघाटका राजिव राईका अनुसार बास्कोटा विरुद्ध कानुनी उपचारका लागि केही महिना अघि स्थानियहरु जिल्ला प्रहरी कार्यालय ओखलढुंगा पुगेका थिए । जेरुङघाटका रामबहादुर राई, थईन्द्र राई, अच्छेकुमार राई, द्रोणहरी राई, नैनकुमारी राई, बीरबहादुर राई, राजिब राई, मानबहादुर माझि, माउले माझि, यकिन्द्र राई, सरिमाया राई, नरध्वज राई, अदिलमान राई र शेरबहादुर राईलाई बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर बास्कोटाले रकम उठाएर लगेका थिए ।
लामो समय सम्म पनि बास्कोटाले मिटरबक्स नल्याए पछि १४ मध्ये ११ परिवार आफैले मिटरबक्स जडान गरिसकेका छन् । विहिबार भिजन समाचारमा बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनी रकम असुलेर फरार शिर्षकको समाचार प्रकाशन, प्रशारण भएपछि बास्कोटाले जेरुङघाटबासी बाट उठाएर लगेको रकम फर्काएका हुन् । सुनकोशी गाउँपालिका–४ जेरुङघाटमा मानेभञ्ज्याङ गाउँपालिका-७ माझीगाउँ देखी विधुत विस्तार गरिएकाे छ ।
यस अघिकाे समाचार https://visionsamachar.com/2023/10/1216/
प्रतिक्रिया