‘समुदायमा नेपाल प्रहरीको भूमिका’ शिर्षकमा एलिसाको निबन्ध प्रथम

भिजन समाचार
250
Shares

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा लाली गुँरास इंलिस सेकेन्डरी स्कुल ओखलढुंगाकी छात्रा एलिसा थापा प्रथम भएकी छिन् । प्रतियोगितामा सगरमाथा जनता माध्यमिक विद्यालयकी छात्रा कृतिका मगर द्वितीय र कुन्ता मावि ज्यामिरेकी छात्रा भावना खड्का तृतीय भएकी छिन् ।
विजेता तीनै जनालाई असोज ३० गते प्रहरी दिवसको अवसरमा पुरस्कृत गरिने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए । ६८ औं प्रहरी दिवसको अवसर पारेर आईतबार ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयमा निबन्ध लेखन प्रतियोगिता गरिएको थियो ।
प्रतियोगितामा १३ वटा विद्यालयबाट दुई छात्र र ११ छात्रा गरि १३ जना विद्यार्थी सहभागि भएका थिए । जिल्लामा प्रथम हुने प्रतियोगिको निबन्ध प्रहरी हेडक्वार्टर पठाइने र त्यहाँ हुने प्रतिस्पर्धामा विजेता बनेमा त्यहाँबाट पनि पुरस्कृत हुने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।