तीन जना अगुवा जेष्ठ नागरिक सम्मानित

तीन जना अगुवा जेष्ठ नागरिक सम्मानित



३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा तीन जना अगुवा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । ‘सबै पुस्ताका लागि ज्येष्ठ नागरिकको मानव अधिकारबारे विश्वव्यापी घोषणा गरिएका वाचाहरु पूरा गरौँ ।’ भन्ने नारा सहित मनाईएको ज्येष्ठ नागरिक दिवसको अवसरमा ओखलढुंगा सदरमुकाममा ९० वर्ष कटेका तीन जना लाई सम्मान गरिएको हो ।
जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सिद्धिचरण नगरपालिका–१२ को आयोजनामा सिद्धिचरण नगरपालिका–१२ भैरवटोलका ९३ बर्षीय भैरव बहादुर श्रेष्ठ, गशेण टोलकी ९३ बर्षीया चन्द्र कुमारी श्रेष्ठ र जिल्ला समन्वय समिति टोल नयाँ बस्तीकी ९२ बर्षीया धर्म कुमारी श्रेष्ठ लाई सम्मान गरिएको केन्द्रका अध्यक्ष ध्रुबकुमार राजभण्डारीले बताए ।
उनीहरुलाई दोसल्ला, प्रशंसापत्र र नगद् सहित सम्मान गरिएको राजभण्डारीको भनाई छ । सोही अवसरमा सहयोगी हातहरुको समूह (सहास) नेपालले तीनै जनालाई एकएक वटा हर्लिक्स प्रदान गरेको थियो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जेष्ठ नागरिको हक, अधिकार र हेरचाह सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ ।
कार्यक्रममा सिद्धिचरण नगरपालिका–१२ का वडा अध्यक्ष उमंग श्रेष्ठ, वडा नं. ११ का वडा अध्यक्ष विनोद ताम्राकार, जनप्रतिनिधीहरु, प्रहरी सुरक्षाकर्मी, सहास नेपालका लिफ्ट परियोजना अधिकृत देबेन्द्र लामा थिङ, लगायत सरोकारवालाहरुको सहभागिता थियो । हरेक वर्ष अक्टोबर १ को दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिन्छ ।