समाजसेवी मनकुमार तामाङले ओखलढुंगाको तामाङ समुदाय बाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने छात्रालाई सम्मान गरेका छन् । २०७९ को एसईईमा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याएकी सुनकोशी गाउँपालिका–५ मुलखर्ककी ममता तामाङलाई समाजसेवी तामाङले सम्मान गरेका हुन् ।
तामाङ समुदायका एसईई दिने विद्यार्थी मध्येबाट ममताले सुनकोशी गाउँपालिका–५ को चौतारा माध्यमिक विद्यालय बाट ३.६५ जीपीए अंक ल्याएकी थिईन् । मनकुमारले आफ्नो स्वर्गिय हजुरबुवाहरु मेघबहादुर तामाङ र नैनसिंह तामाङको स्मृतीमा स्थापित शैक्षिक प्रोत्साहन पुरस्कार मार्फत नगद बीस हजार सहित ताम्रापत्रले एसईई उत्कृष्ट छात्रा ममताको उज्वल शैक्षिक प्रगतिको कामना सहित सम्मान गरेका छन् ।
यसका साथै ओखलढुंगा–काठमाण्डौ तामाङ सेवा समाजले पनि ओखलढुंगाको तामाङ समुदाय बाट उच्च अंक ल्याउने एक छात्र र एक छात्रालाई सम्मान गरेको छ । समाजले छात्रा तर्फ सोही ममता तामाङ र छात्र तर्फ सरस्वती माध्यमिक विद्यालय मोलुङ गाउँपालिका–१ कुन्तादेवी बाट एसईईमा ३.५० अंक ल्याएका रविन तामाङलाई जनही नगद पाँच हजार सहित सम्मान गरको ओखलढुंगा काठमाण्डौ तामाङ सेवा समाजका उपाध्यक्ष समेत रहेका मनकुमार तामाङले जानकारी दिए ।
समाजको १८ औं वार्षिक साधारण सभाको अवसरमा तामाङ समुदाय बाट एसईईमा उच्च ल्याउने एक छात्र र एक छात्रालाई सम्मान गरिएको तामाङको भनाई छ ।
ओखलढुंगा–काठमाण्डौ तामाङ सेवा समाजले स्थापना गरेको अक्षयकोष बाट रहेका वर्ष एसईईमा तामाङ समुदाय बाट उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गर्ने गरिएको योगेश तामाङले बताए ।
खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाको विशेष आतिथ्यतामा समाजको १८औं बार्षिक साधरणसभा शनिबार काठमाण्डौमा सम्पन्न भएको तामाङले जानकारी दिए । कार्यक्रममा ओखलढुंगाका विभिन्न स्थानिय तहबाट काठमाण्डौ गएर पेशा व्यवसाय गरेर बसेका तामाङ प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । मनकुमारले आफ्नै व्यक्तिगत लगानीमा सुनकोशी गाउँपालिका–५ मुलखर्कको नाघिभिर पहरामा भगवान बुद्धको आकृती बनाएका छन् ।
प्रतिक्रिया