ओखलढुंगामा आत्महत्यादर घटेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्यांक अनुसार विगत तीन बर्षमा जिल्लामा आत्महत्या गर्नेको संख्या घटेको हो ।
प्रहरी तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७७-७८ मा ६१ जना, आव २०७८-७९ मा ५३ जनाले आत्महत्या गरेको तथ्यांक छ भने आव २०७९-८० मा ४४ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या न्युनिकरणको लागि निरन्तर सचेतनाका कार्यक्रम भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक दिपक बहादुर केसीले बताए । सचेतनाका कार्यक्रमले केहि हदसम्म आत्महत्यादर कम हु्न मदत पुगेको उनको भनाई छ ।
आत्महत्या रोकथामका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगा सहित सरोकारवाला निकायले सचेतनामुलक कार्यक्रम गर्दै आएका छन् ।
प्रतिक्रिया