अब देखी प्रहरीमा क्यूआरकोड मार्फत गुनासो राख्न सकिने भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले गुनासो व्यवस्थापनको लागि ‘क्यूआरकोड’ सार्वजनिक गरेको छ ।
कोशी प्रदेश प्रहरीको क्यूआरकोडको प्रयोग सम्बन्धी कार्यविधि–२०८० अनुसार ओखलढुंगामा पनि नागरिकको गूनासो सुन्न र व्यवस्थापन गर्न क्यूआरकोड सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक बहादुर केसीले बताए ।
प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पीरमर्का, कैफियत भएमा सिधै क्यूआरकोड प्रयोग गरेर गुनासो तथा सुझाव राख्न प्रहरी नायब उपरिक्षक केसीले आग्रह गरेका छन् ।
प्रतिक्रिया