ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले दशै अगावै सडकहरु मर्मत गर्न सडक डिभिजन कार्यालय हर्कपुर र जिल्लाका स्थानीय तहलाई आग्रह गरेका छन् । चाडपर्व लक्षित सुरक्षा, वस्तु तथा सेवाको आपुर्ति र सवारी आवागमनको सहज व्यवस्थापनको लागि सरोकारवालासँगको छलफलमा प्रजिअ बरालले यस्तो आग्रह गरेका हुन् ।
दसैँ तिहारजस्ता चाडपर्वहरू नजिकिएसँगै यात्रु तथा सवारी आवागमनलाई सहज बनाउन सडकका खाल्डाखुल्डी र वर्षाका कारण बिग्रेको सडक मर्मत गर्न उनले सडक डिभिजन र स्थानिय तहहरुलाई आग्रह गरेका छन् ।
छलफलका क्रममा प्रजिअ बरालले जिल्लामा आगामी दुई महिनासम्मलाई पुग्ने खाद्यान्न तथा उपभोग्य वस्तु मौज्दात पाइएकोले चाडपर्वका बेला खाद्यन्न अभाव नहुने जानकारी गराएका छन् ।
यसका साथै जिल्लामा सवारी भाडादरको कार्यान्वयन तथा एकरुपताका लागि अनुगमनलाई कडाई गरिने प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । छलफलमा सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, उद्योग वाणिज्य संघका अध्यक्षे, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख, यातायात व्यवसायी संघका पदाधिकारी र पत्रकार सञ्चारकर्मी सहभागि भएका थिए ।
प्रतिक्रिया